राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने-Sutra News

राष्ट्रियसभामा एमालेका प्रमुख सचेतकमा न्यौपाने

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।



एमालेका संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रियसभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् । एमालेको संसदीय दलको विधान-२०७७ बमोजिम भोलि फागुन २१ गतेदेखि लागु हुने गरी प्रमुख सचेतकमा आफूलाई पार्टी अध्यक्ष ओलीले मनोनयन गरेको उनले बताइन् ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो । एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट