गाजामा अमेरिकाले खाना फ्याँक्दा ११२ जनाको मृत्यु, शव र घाइते बोक्न गधाको प्रयोग-Sutra News

गाजामा अमेरिकाले खाना फ्याँक्दा ११२ जनाको मृत्यु, शव र घाइते बोक्न गधाको प्रयोग

आइतबार, २० फाल्गुन २०८०

आइतबार, २० फाल्गुन २०८०

काठमाडौं । युद्धका बीचमा गाजामा अमेरिकाले पहिलो पटक सहयोग गरेको छ । अमेरिकी सेनाको विमानले प्यालेस्टाइनीका लागि प्यारासुटद्वारा खानाको बक्स खसालेकाे हो । खाना लिन मानिसहरु समुन्द्रमा दौडिरहेको देखिन्थे ।



समुद्रको छेउमा एउटा ठाउँ छ । अमेरिकाले यहाँ सहयोग गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार गाजाको २२ लाखभन्दा बढी जनसंख्या भोकमरीमा छन् ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले ६६ बक्समा ३८ हजार रेडी टु इट मिल छोडेको छ । अमेरिकाले यो त शुरुवात मात्र भएको बताउँदै आगामी दिनमा गाजामा बस्ने प्यालेस्टिनीलाई सहयोग गरिरहने बताएको छ ।

खानाको बाकस फ्याँक्दा ११२ जनाको मृत्यु

मार्च १ मा खाना लिन आएका मानिसमाथि इजरायली सेनाले गोली चलाएको बेला अमेरिकाले सहयोग गर्ने निर्णय गरेको हो । यो घटनाको फोटो-भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । जसबाट गोली चलेको स्थान समुन्द्र नजिकै रहेको स्पष्ट भएको थियो । यस अवधिमा ११२ जनाको मृत्यु भयो ।

अक्टोबर ७, २०२३ मा सुरु भएको इजरायल-हमास युद्धमा हालसम्म २४ अस्पताल र १२३ एम्बुलेन्स ध्वस्त भएका छन् । गाडी नहुँदा फागुन १ गते घाइते र शवलाई गधाको गाडीमा राखेर अस्पताल लगिएको थियो ।

यसका साथै राहत सामग्री पुगेको ट्रकमा पनि शव र घाइतेलाई अस्पताल लगिएको थियो । युद्धमा हालसम्म ३० हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट