डलर देखाएर नौ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ-Sutra News

डलर देखाएर नौ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । डलर देखाएर नौ लाख ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।



पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका ५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका ९ घर भई हाल काठमाडौं टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका लामालाई आइतबार पक्राउ गरेको हो ।

लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ नौ लाख लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ ।

डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे ४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मंसिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट