क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए अर्धशतक-Sutra News

क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए अर्धशतक

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो विकेटमा ब्याटिङ गर्न गएका भीम सार्कीले अर्धशतक बनाएका छन् । उनले ७८ बल खेल्दै ५२ रन बनाएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सार्कीले पाँच चौका प्रहार गरे ।



यसअघि ओपन अनिल शाहले अर्धशतक बनाएका थिए । उनले ५१ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले आठ चौका प्रहार गरे ।

यसअघि अर्का ओपनर कुशल भुर्तेल आउट भएका थिए । उनी डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रन जोड्दा आउट भए । यस क्रममा उनले तीन चौका प्रहार गरेका थिए ।

गत शनिबार भएको खेलमा अनिलले सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड बनाएका थिए । उनले १९ बल खेल्दै अर्धशतक बनाएर आउट भएका थिए । उक्त खेलमा भुर्तेलले खेलेका थिएनन् ।

आजको खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपाल जिन नजिक पुग्दै गर्दा सिरिज क्लिन स्विप हुने पक्षमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट