बलात्कारको मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला-Sutra News

बलात्कारको मुद्दामा अभियुक्तलाई १८ वर्ष कैद फैसला

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

तनहुँ । जिल्ला अदालतले बलात्कार मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।



जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका ७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो । साथै निजविरुद्ध एक लाख जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले बताए ।

परिवर्तित नाम २०७८-७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विं.सं. २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो ।

यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो । सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट