आठ चौका हान्दै अनिल शाहले बनाए अर्धशतक-Sutra News

आठ चौका हान्दै अनिल शाहले बनाए अर्धशतक

सोमबार, २९ माघ २०८०

सोमबार, २९ माघ २०८०

काठमाडौं । क्यानडाविरुद्ध तेस्रो एक दिवसीय खेलमा नेपालका ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा शाहले ५१ बल खेल्दै अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले आठ चौका प्रहार गरे ।

यसअघि अर्का ओपनर कुशल भुर्तेल आउट भएका थिए । उनी डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रन जोड्दा आउट भएका हुन् । यस क्रममा उनले तीन चौका प्रहार गरेका थिए ।

गत शनिबार भएको खेलमा अनिलले सबैभन्दा छिटो अर्धशतक बनाउने रेकर्ड बनाएका थिए । उनले १९ बल खेल्दै अर्धशतक बनाएर आउट भएका थिए ।

आज भएको खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले आजको खेल जिज्दै क्लिन स्विप गर्ने दाउमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट