महिला कलाकारलाई ग्ल्यामरको लागि मात्र प्रयोग गरिन्छ – स्वस्तिमा खड्का-Sutra News

महिला कलाकारलाई ग्ल्यामरको लागि मात्र प्रयोग गरिन्छ – स्वस्तिमा खड्का

आइतबार, २८ माघ २०८०

आइतबार, २८ माघ २०८०

काठमाडौँ । फिल्म क्षेत्रमा नायिकाको तुलनामा नायकहरूले निकै लामो समयसम्म राज गरेको देखिन्छ । चाहे त्यो हलिउड होस् या बलिउड अथवा कलिउड नै किन नहोस् ।



सलमान खान, साहरुख खान, अमिर खान, र अक्षय कुमार जस्ता बलिउडका अभिनेताहरूले १९औँ दर्शकदेखि अहिलेसम्म बलिउडमा राज गरिरहेका छन् । तर, काजोल देवगन, ऐश्वर्या राय बच्चन, माधुरी दीक्षित, प्रीति जिन्टा जस्ता उनीहरूकै समकालीन अभिनेत्रीहरू अब फिल्म नै खेल्न छोडिसके भन्दा फरक पर्दैन ।

अब यी अभिनेत्रीहरूको साटो १९औँका ती हिरोहरूसँग अहिलेका नयाँ हिरोइनहरूले रोमान्स गरेको देख्न सकिन्छ । यो कुरा बलिउडमा मात्र नभएर नेपाली फिल्म क्षेत्रमा पनि देख्न सकिन्छ ।

कलिउडमा हामी भुवन केसीलाई नै हेर्न सक्छौँ । उनीसँगैका समकालीन हिरोइनहरूलाई हामी पछि आमाको पात्रमा पनि देख्न थाल्यौँ । तर भुवन केसीले भने तृप्ती नदाकर, कृष्टी मैनाली, गौरी मल्ल, जल शाह हुँदै झरना थापा र रेखा थापासँग पनि स्क्रिनमा रोमान्स गरेको देखियो ।

हालसालकै कुरा गर्ने हो भने अहिलेका चर्चित नायकका रूपमा रहेका दयाहाङ राई, अनमोल केसी, प्रदीप खड्का, पल शाह जस्ता नायकहरूलाई फिल्म मेकरहरुले दोहोर्‍याई राखेको देखिन्छ । तर, नायिका भने नयाँ-नयाँ अनुहार पनि ल्याएको देखिन्छ । यी सब कुराबाट प्रस्ट हुन्छ कि नायिकाहरूको करियर उमेर नायकको तुलनामा निकै कम हुन्छ ।

आखिर किन त्यस्तो हुन्छ प्रश्न यहाँ उठ्छ । जसको जवाफ नायिका स्वस्तिमा खड्काले निकै सुन्दर ढंगले दिइएकी छिन् । शनिबार ह्वाइटहाउस कलेजमा सिनेमा संसार : अभिनेत्रीका नजरमा भन्ने मूल नाराका साथ भएको लिटरेचर फेस्टिभल-२ मा स्वस्तिमाले यसको जवाफ दिइएकी हुन् ।

उक्त कार्यक्रममा नायिका वर्षा सिवाकोटीको साथ पुगेकी उनले महिला कलाकारलाई ग्ल्यामरको लागि मात्र प्रयोग गरिने दाबी गरिन् । कतिले हिरोको वरिपरी नाच्ने पात्र मात्र मानिएकोले यसो हुने भएको हुन सक्छ उनले भनिन् ।

‘पारिवारिक अवस्थाले महिलालाई लामो समय सम्म अघि बढ्न, पुरुष कलाकारलाई फिल्म क्षेत्रमा आउन गाह्रो र महिला कलाकारलाई आउन चाहिँ सजिलो तर टिक्न गाह्रो हुन्छ ‘ उनले भनिन् ।

यस्तै, स्वस्तिमाले मिडियाबाटै महिला अभिनेत्रीका बारेमा काम भन्दा ग्ल्यामरलाई नै निशाना बनाउने गरेको आरोप लगाइन् ।

उनले भनिन्, ‘यहाँ मिडियामा महिला पात्रहरूको कामको कदरभन्दा बढी ग्याल्मरका कुरा उठाउने गरिएको छ, पुरुष कलाकारलाई चाहिँ कामको कदर गर्दै प्रश्न गर्नै हच्किएको देखेको छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट