

काठमाडौं । कान्तिपुर मिडिया हाउसभित्र श्रमजीविहरु लामो समयदेखि आन्दोलनरत छन् । कान्तिपुर मिडिया हाउस र आन्दोलनरत पक्षबीच पटक–पटक सहमति पनि भएको छ ।
तर, सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मिडिया हाउसले वेवास्ता गर्दै आएको छ ।
पत्रकार तथा कर्मचारीहरु आन्दोलनमा रहेकै बखत कान्तिपुर मिडिया हाउसले भने श्रमजीविको विषयलाई लिएर पाँच तारे होटल होटल र्याडिसनमा श्रम समिट गरेको छ । एकातिर मिडिया हाउसभित्र श्रमिकहरु समस्यामा पर्यौं भनेर आन्दोलन छन् भने अर्कोतिर मिडिया हाउसले श्रमजीविका सन्दर्भमा नीतिगत बहस सुरु गरेको छ ।
जसको विरोधमा आन्दोलनहरु श्रमिकहरु पुगेका छन् । बिहीबार होटलभित्र मिडिया हाउसले श्रम समिट चलाइरहँदा बाहिर श्रमजिवीहरु भने प्लेकार्ड लिएर मौन विरोधमा उत्रिएका छन् ।
श्रमजीवी-पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीको अगुवाईमा पाँच तारे होटलको मुल गेटमा कान्तिपुरकर्मीहरुले धर्ना दिएका हुन् ।
लोक लजाउने यो विषयमा कान्तिपुर मिडिया हाउस भने मौन बनेको देखिएको छ । उसले श्रमजीविहरुको आन्दोलनबारे कुनै प्रतिक्रिया दिएको छैन ।