चर्चित भारतीय मोडल पुनम पाण्डेको निधन-Sutra News

चर्चित भारतीय मोडल पुनम पाण्डेको निधन

शुक्रबार, १९ माघ २०८०

शुक्रबार, १९ माघ २०८०

काठमाडौं । भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको निधन भएको छ ।



भारतीय संचारमाध्यमहरुले जनाए अनुसार उत्तर प्रदेशस्थित कानपुर घर भएकी पाण्डेको शुक्रबार बिहान ३२ वर्षको उमेरमा निधन भएको हो ।

पाण्डेको आधिकारिक इन्स्टाग्राम हेन्डलमा निधन भएको उल्लेख गरिएको छ । इन्स्टाग्राम अकाउन्टमा सेयर गरिएको पोस्टमा लेखिएको छ, ‘हाम्रा लागि आजको बिहानी कठिन छ । हामीले हाम्रो प्यारी पुनमलाई पाठेघरको मुखको क्यान्सरका कारण गुमाउनु भएको जानकारी गराउँदा अत्यन्त दुःख लागेको छ । उहाँको सम्पर्कमा आउने जो कोहीलाई पनि उहाँलाई मायाले भेट्नुभयो । शोकको यस समयमा हामी गोपनियता कायम गर्न अनुरोध गर्दछौं र उहाँहरुले साझा गरेका सबै कुराको लागि उनीहरूलाई मायापूर्वक सम्झनेछौं ।’

भारतको कानपुरमा ११ मार्च १९९१ जन्मेकी पाण्डेले सन् २०१३ मा फिल्म ‘नशा’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनी पछिल्लो पटक फिल्म ‘द जर्नी अफ कर्मा’ मा देखिएकी थिइन् भने टिभी रियालेटी शो ‘खतरों के खिलाडी १३’ र कंगना राणावतको रियालिटी शो ‘लकअप’ मा समेत सहभागी थिइन् ।

पाण्डे आफ्ना विवादस्पद अभिव्यक्ति र विशेष गरी सामाजिक संजालमा राख्न अर्धनग्न तस्विर र भिडियोका कारण समेत चर्चित थिइन् । यस्तै सन् २०११ मा भारतले क्रिकेट विश्वकप जिते नांगै हुने घोषणा गरेकी थिइन । यद्यपी उनलाई भारतीय क्रिकेट बोर्डले अनुमति नदिएको भन्दै सो घोषणा पूरा गरिनन् तर पछि सन् २०१२ मा कोलकता नाइट राइडर्सले आईपिएल जितेपछि नांगो पोज दिएकी थिइन् ।

यसैगरी उनले इन्स्टाग्राममा आफ्ना प्रेमीसँगको ‘सेक्स भिडियो’ पनि पोस्ट गरेकी थिइन जसलाई पछि आफैले हटाएकी थिइन् भने गोवा सरकारले आफ्नो सम्पतीमा नग्न भिडियो खिचेको भन्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट