‘हात्तिछाप’लाई लिएर उत्साही दया र उपासना-Sutra News

‘हात्तिछाप’लाई लिएर उत्साही दया र उपासना

शुक्रबार, १९ माघ २०८०

शुक्रबार, १९ माघ २०८०

काठमाडाैं । आगामी शुक्रबारबाट फिल्म ‘हात्तिछाप’ प्रदर्शन हुँदैछ । यो फिल्म रिलिजको संघारमा हुँदा अमेरिकाबाट फर्किए लगत्तै नायक दयाहाङ राई प्रचार प्रसारमा देखिएका छन् ।



दयाले प्रचार प्रसारका क्रममा फिल्मलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । साथै, उनले यो फिल्मको कथावस्तु आफूलाई निकै मन परेकाले काम गरेको र दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए ।

दयाले भने, ‘हात्तिछाप’को कथावस्तु निकै नै राम्रो छ । यस फिल्मले समाजका विभिन्न विषयवस्तुलाई समेटेको छ । निर्देशक सिमोस सुनुवारसँग लामो समयदेखि काम गर्ने बिषयमा छलफल भइरहेको थियो । पहिले पनि काम गर्ने भनेर गर्न पाइएन । यसैले, यसपटक सिमोसको निर्देशनमा काम गर्न म उत्साहित भएको हुँ । यो फिल्मबाट आफू सन्तुष्ट रहेको छु ।’

फिल्मको ट्रेलरमा भूकम्पको दृश्य पनि समावेश गरिएको छ । यो फिल्मले भुकम्पको कथा नै भन्न खोजेको हो या अरु के हो भन्ने प्रश्नमा दयाले भने, ‘त्यो एउटा पार्ट मात्र हो । यसको स्टोरीको संसार छुट्टै छ । भुकम्पले फिल्मको कथा संसारमा एउटा नयाँ समस्या थप्छ ।’

फिल्मले पैसाको कथालाई पनि उठान गरेको दयाले बताए । यो फिल्मले आम नेपालीहरुको कथालाई जोड्ने उनको भनाई छ । दयाले, यो फिल्म लामो समयपछि पनि दर्शकले सम्झन सक्ने दाबी गरे ।

दयासँगै रहेकी नायिका उपासना सिंह ठकुरीले पनि यसको कथावस्तु शक्तिशाली रहेको बताइन् । फिल्म भित्रका दयाहाङ कस्ता प्रेमी हुन् भन्ने प्रश्नमा उपासनाले भनिन्–‘फिल्म भित्र दयाहाङ अम्बरेको पात्रमा हुनुहुन्छ । जसले, आफ्नी प्रेमिकालाई मात्र नभएर सिंगो समाज र देशको बारेमा सोच्छ । जसको मनमा कुनै पनि स्वार्थ छैन ।’

मिडियाकर्मीसँग कुरा गर्दै उपासनाले भनिन् –‘यो फिल्मले नेपाली दर्शकलाई भावनामा जोड्छ । यसलाई व्यवसायिक फिल्मको रुपमा मात्र हेर्नु हुदैन । सबै नेपालीहरुले भोगेको विषयलाई लिएर कथा बनाइएको छ ।’

किरण नेपालीको प्रस्तुतीमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, बिजय बराल, विल्सन विक्रम राई, वुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट