अरूण चाैधरी र अजितनाराण ‘अस्वस्थ’, हिरासत पुर्‍याउने वित्तिकै अस्पताल-Sutra News

अरूण चाैधरी र अजितनाराण ‘अस्वस्थ’, हिरासत पुर्‍याउने वित्तिकै अस्पताल

बिहिबार, १८ माघ २०८०

बिहिबार, १८ माघ २०८०

काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितमान सिंह थापालाई अस्पतालमा भर्ना गरिएको छ ।



स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महाराजगञ्जस्थित चिरायू अस्पताल भर्ना गरिएको प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराेले जनाएकाे छ ।

शुक्रबार पक्राउ दुवैलाई काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न चार दिनको समय दिएको छ ।

अदालतकाे अनुमतिपछि हिरासत पुर्‍याइए वित्तिकै स्वास्थ्यमा समस्या देखाएपछि अस्पताल लगिएकाे हाे ।

चाैधरी समूहका अरुण चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ ।

यस्तै, अजितनारायण सिंह थापा बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष हुन् । उनीमाथि सरकारी जग्गा व्यक्तिकाे बनाउन भूमिका खेलेकाे आरोपमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट