चेकजाँच विवाद : प्रहरीबाटै कुटिए अध्यागमनका प्रमुख-Sutra News

चेकजाँच विवाद : प्रहरीबाटै कुटिए अध्यागमनका प्रमुख

शुक्रबार, १२ माघ २०८०

शुक्रबार, १२ माघ २०८०

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालमाथि प्रहरी कर्मचारीले कुटपिट गरेका छन् । विमानस्थलमा चेकजाँचको विषयमा भएको विवादबारे बुझ्न गएका हमालमाथि प्रहरीले कुटपिट गरेका हुन् ।



शुक्रबार बिहान अध्यागमन अधिकृत छाँयालाल मोक्तान विमानस्थलको अराइभल कक्षमा जाने क्रममा चेकजाँचको विषयलाई विवाद भएको थियो । उनले आफूमाथि गरेको चेकजाँचबारे प्रश्न गरेका थिए । सो क्रममा उनीमाथि कुटपिट भएको थियो ।

मोक्तान कुटपिटमा परेपछि हमाल घटबारे बुझ्न गएका थिए । सीसीटीभी फुटेजमा समेत मोक्तानमाथि कुटपिट भएको देखिन्छ ।

जुन घटनापछि प्रश्न गर्दा प्रहरीले हमालमाथि कुटपिट गरेका हुन् । मोक्तानमाथि पुनः जाइलागेका प्रहरीले हमाललाई पनि कुटेका हुन् ।

कुटपिटको घटनापछि गृहमन्त्रालयले अध्यागमनका प्रमुख र प्रहरी प्रमुखलाई राखेर छलफल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट