लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित-Sutra News

लुम्बिनीमा कांग्रेसकी सापकोटा र माओवादीका सुवेदी निर्वाचित

बिहिबार, ११ माघ २०८०

बिहिबार, ११ माघ २०८०

काठमाडाैं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।



बिहीबारको सम्पन्न निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छिन् भने अन्यतर्फ माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

महिलातर्फ निर्वाचित सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी छिन् ।

यस्तै अन्यतर्फ माओवादी केन्द्रका सुवेदी एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे।

लुम्बिनीमा जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बाल गोविन्द चौधरी उम्मेदवार थिए भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट