५३ तोला चाँदीसहित दुई जना पक्राउ-Sutra News

५३ तोला चाँदीसहित दुई जना पक्राउ

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । बारामा ५३ तोला चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले पथलैयाबाट उनीहरूलाई पक्राउ गरेको हो ।



बारा प्रहरीले धरान उपमहानगर ५ बस्ने गुजराज विक र सुनसरीको इटहरी नगरपालिका बस्ने बद्री विकलाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा बिल नभेटिएकपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीले चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलशुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान बरामद गरेको थियो । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट