न्युरोडमा पार्किङ निषेध गरी सफाई गरेपछि व्यवसायी आन्दोलितन (भिडिओसहित)-Sutra News

न्युरोडमा पार्किङ निषेध गरी सफाई गरेपछि व्यवसायी आन्दोलितन (भिडिओसहित)

मंगलबार, ९ माघ २०८०

मंगलबार, ९ माघ २०८०

काठमाडौं । काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् । न्युरोड क्षेत्रमा यसअघि सवारी साधन पार्किङ गरिँदै आए पनि आजदेखि हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् ।



नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले महानगरले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए । “व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,” उनले भने ।

काठमाडौं महानगरले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारी साधन हटाएको छ । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।

“न्युरोड जानु पर्ने सवारी धनीलाई काठमाडौं टावर (साबिक पुरानो बसपार्क)मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ”, उनले थपे । पुरानो बसपार्क क्षेत्रमा तीन सय वटा चार पाङ्ग्रे र सात सय दुई पाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ ।

पार्किङ निषेध गरिएको ठाउँमा महानगरले बिहानदेखि विशेष सरसफाइ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट