अयोध्यामा प्राण प्रतिष्ठान, गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन-Sutra News

अयोध्यामा प्राण प्रतिष्ठान, गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन

सोमबार, ८ माघ २०८०

सोमबार, ८ माघ २०८०

बारा । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा साेमबार प्राण प्रतिष्ठान भएको खुसियालीमा नेपालका मन्दिरहरूमा पनि पुजाआजा गरिएकाे छ ।



जनकपुर धाम, पशुपतिसँगै गढीमाई मन्दिरमा साँझ दीप प्रज्वलन गरी खुसी साटिएकाे छ ।

मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिएअनुसार गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको छ ।

सो अवसरमा जिल्लाका अधिकांश ठाँउमा कलश यात्रा, र्‍याली, भजन मण्डली, किर्तन गरिएको थियो ।

आजका दिन गढीमाई मन्दिरलाई भव्यरुपमा सजाइएको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले जानकारी दिए । उनले यहाँका स्थानीय स्वतः आएर मन्दिरमा दीप प्रज्वलन गरेको बताए ।

नेपाल र भारतको सदियौँदेखिको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ भएर जाने नगरप्रमुख यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट