एउटै पालिकामा २५ सय बिघामा तोरी खेती-Sutra News

एउटै पालिकामा २५ सय बिघामा तोरी खेती

शनिबार, ६ माघ २०८०

शनिबार, ६ माघ २०८०

काठमाडौं । झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ ।



गाउँपालिकाको सबै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो ।

प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ ।

अहिले खेत तोरी फुलेर पहेँलपुर भएका छन् । हल्दीबारी २ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताए ।

“अरु बालीमा जस्तो झन्झट छैन,” उनले भने, “मूल्य पनि राम्रो छ ।” गत वर्ष प्रतिमन छ हजारमा तोरी बिक्री भएको उनले बताए । यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट