विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुने छैन : प्रधानमन्त्री-Sutra News

विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुने छैन : प्रधानमन्त्री

मंगलबार, १७ पौस २०८०

मंगलबार, १७ पौस २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको शिक्षा प्रणालीले विश्वव्यापी प्रतिस्पर्धा गर्न पर्याप्त नभएको बताएका छन् ।



मंगलबार आयोजित कान्तिपुर एजुकेशन समिट २०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परम्परागत शिक्षा प्रणालीलाई परिवर्तन गर्नु पर्ने बताए ।

‘मैले घोषणा गरिसकेको छु, अब विश्वविद्यालयमा राजनीतिक भागबण्डा हुने छैन, मेरो संकल्पमा म दृढ भएको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘यसले उच्च शिक्षाप्रति भरोसा बढेर जाने छ ।’

यस्तै, प्रधानमन्त्री दाहालले सबै विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने कुरा व्यवस्थित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट