दिगो पर्यटन सहकारीको तेह्रौं साधारण सभा सम्पन्न-Sutra News

दिगो पर्यटन सहकारीको तेह्रौं साधारण सभा सम्पन्न

सोमबार, १६ पौस २०८०

सोमबार, १६ पौस २०८०

काठमाडौं । दिगो पर्यटन सहकारी संस्था लि., सोह्रखुट्टे, काठमाडौंको हालै सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाद्वारा प्रस्तुत आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।



ठमेल, काठमाडौंमा आयोजित सो साधारण सभाले आ.व. २०७९/०८० को लेखा सुपरिवेक्षण प्रतिवेदन, वासलात नाफानोक्सान हिसावको साथमा चालु आ.व.मा संचालक समितिले गरेको निर्णय समेत पारित गरेको छ ।

साधारण सभाले आगामी आ.व.को लागि लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्ध हुँदै अन्य विविध विषयहरु समेत पारित गरेको छ ।

चालु आ.व.मा संस्थाको शेयरपूँजी ४ करोड ३० लाख १ हजार ९ सय रुपैयाँको भएको छ भने जगेडाकोष ४४ लाख ४ हजार ३ सय १३ रुपैयाँ ८० पैसाको हुन आएको छ ।

बचत तथा निक्षेप १२ करोड ५९ लाख ६७ हजार ९ सय ३८ रुपैयाँ ९६ पैसा हुँदा चालु आ.व.मा अन्य विविध कारोवारी गरि संस्थाको कूल कारोवार २० करोड १९ लाख ४६ हजार २ सय ६२ रुपैयाँ ७२ पैसाको भएको छ ।

संस्थासँग आवद्ध कारोवारी, समाजसेवी, सहकारीकर्मी, राजनीतिकर्मी लगायतको उपस्थितीमा संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद सापकोटाको सभापतित्वमा साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट