जाडोमा किन बढ्छ घाँटी दुखाइ ? जान्नुहोस् कारण र उपचार-Sutra News

जाडोमा किन बढ्छ घाँटी दुखाइ ? जान्नुहोस् कारण र उपचार

मंगलबार, २६ मंसिर २०८०

मंगलबार, २६ मंसिर २०८०

अन्य मौसमको तुलनामा जाडोमा घाँटीको समस्या बढी हुन्छ । कतिपयको लागि यो यति खतरनाक हुन्छ कि उठ्न र बस्न पनि गाह्रो हुन्छ।



जाडोमा यो समस्या किन बढ्छ भन्ने धेरैले बुझ्दैनन् ।

किन दुख्छ ?

चिकित्सकीय अध्ययनअनुसार लामो समयसम्म कुर्सीमा बस्ने मानिसमा रक्तसञ्चार खराब हुँदा घाँटी दुख्ने समस्या देखिन्छ । यसका साथै, अचानक तापक्रम घट्दा शरीर दुख्ने र मांसपेशीमा समस्या आउने गर्छ ।

तथापि, घाँटी दुख्ने समस्या धेरै कारणले हुन सक्ने बताइएकाे छ ।

अन्य मौसमको तुलनामा चिसो मौसममा शारीरिक गतिविधि कम हुन्छ । साथै, चिसो हावाका कारण घाँटीमा पनि समस्या हुनसक्छ ।

जसका कारण घाँटीकाे मांसपेशीहरु संकुचित हुन थाल्छन् । जसले रक्तसञ्चारमा प्रभाव पार्दछ । जसका कारण घाँटीकाे जाेर्नी दुख्न थाल्छ ।

कसरी बच्ने ?

जाडोमा घाँटीको दुख्ने समस्याबाट बच्न चाहनुहुन्छ भने नियमित शारिरीक कसरत गर्नु अनिवार्य रहेकाे चिकित्सकहरू बताउँछन् । जसका लागि हल्का व्यायाम गर्नुपर्छ ।

यस समयमा शारीरिक गतिविधि धेरै महत्त्वपूर्ण छ। जसले गर्दा शरीर न्यानो रहन्छ ।

रक्तसञ्चार ठिक छ भने घाँटीको दुखाइ पनि ठीक हुन्छ ।

अर्काेतर्फ खानपानमा पनि ध्यान दिनु अनिवार्य छ । ताताेयुक्त खानाले शरीरमा गर्मी कायम राख्छ। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट