अरू पार्टीको सरकारले वर्ष दिनमा गर्ने काम एमालेले दुई दिनमै गर्छ : अध्यक्ष ओली-Sutra News

अरू पार्टीको सरकारले वर्ष दिनमा गर्ने काम एमालेले दुई दिनमै गर्छ : अध्यक्ष ओली

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीको सरकारले एक वर्षमा गर्ने काम एमालेले दुई दिनमा गर्न सक्ने बताएका छन् ।



एमालेको मध्य पहाडी यात्राअर्न्तगत लमजुङको सुन्दरबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले सरकार चलाउँदा उत्पादन वृद्धिदर ७ प्रतिशत भएको दाबी गरे ।

‘एमालेको सरकार बन्नुअघि वर्षमा १० किलोमिटर सडक कालोपत्र हुन्थ्यो भने एमालेले साढे ५ किलोमिटरभन्दा बढी त एकै दिनमा गर्यो, अरुले एक वर्षमा गरेको काम एमालेले दुई दिनमै गर्यो,’ उनले भने ।

राष्ट्रियताको सवालमा एमालेबाहेक अरु कसैले रक्षा गर्न नसक्ने ओलीको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट