किन डाउन भयो एनसेलको वेबसाइट ?-Sutra News

किन डाउन भयो एनसेलको वेबसाइट ?

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । दुरसञ्चार सेवा प्रदायक एनसेलको वेबसाइट डाउन भएको छ । शुक्रबार दिउँसोदेखि बेभसाइट डाउन भएको हो । वेबसाइट खोल्दा ‘रिफ्युज्ड टु कनेक्ट’ देखाएको छ ।



एनसेलले एनसेल डट आजियाटा डट कम डोमेनमा आफ्नो वेबसाइट चलाउने गरेको थियो । तर, आजियाटा बाहिरिएसँगै उक्त डोमेन परिवर्तन गर्न लागिएको हुनसक्ने अनुमान गरिएको छ ।

एनसेलले भने आधिकारिकरुपमा वेबसाइट नखुल्नुको कारणबारे कुनै जानकारी दिएको छैन । विभिन्न सामाजिक सञ्जालमा एक्टिभ रहेपनि कुनै पनि सञ्जालमार्फत कारण बताएको छैन ।

मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार आफ्नो स्वामित्वको सम्पूर्ण शेयर बेच्दै एनसेलबाट बाहिरिएको घोषणा गरेको थियो । आजियाटाको शेयर बेलायतमा दर्ता भएको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट