नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ-Sutra News

नागढुंगाबाट दुई किलो सुनसहित तीन जना पक्राउ

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । नागढुंगाबाट प्रहरीले दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च २६९६ नम्बरको स्कार्पियोमा सुन फेला परेको हो ।



उपत्यका अरापध अनुसन्धान कार्यालय स्रोतका अनुसार नागढुंगाबाट सुन बरामद गरेको हो । पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, स्थानका बिरु तामाङ र सुनिल भुजेल छन् ।

आज बिहीबार राति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट