१४ किलो सुनबारे छानबिन गर्न समिति गठन-Sutra News

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार राति बरामद १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ ।



भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनेको हो । समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र लोकराज ढुंगना छन् ।

बिहीबार राति करिब १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई पक्राउ गरिएको थियो । बिहीबार राति दुबईबाट आएका घलेको साथबाट करिब १४ किलो सुन बरामद भएको थियो ।

सुन परीक्षणका लागि भन्सार विभाग पठाइएको छ । घलेसँगै गोरखाका मीनबहादुर घलेलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट