अमिताभ बच्चन परिवारको विवाद छताछुल्ल-Sutra News

अमिताभ बच्चन परिवारको विवाद छताछुल्ल

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको परिवारमा विवाद देखिएको छ । उनको घरमा भएको विवाद सतहमा नै देखिने गरी सार्वजनिक हुन थालेको छ ।



अमिताभको छोरीतर्फका नाति अगस्त्य नन्दको फिल्म आर्चिजको मंगलबार साँझ प्रिमियर भएको थियो । यस अवसरमा सम्पूर्ण बच्चन परिवार जम्मा भएका थिए । तर, यो अवधिमा जया बच्चन र अमिताभ बच्चनले बुहारीसँग एउटै फोटो खिचाएनन् ।

यति मात्र होइन, जयाले बुहारी ऐश्वर्या रायलाई हेर्न चाहिनन् भन्ने स्पष्ट बनेको थियो । यही क्रममा ऐश्वर्याले पनि सासु र ससुरासँग एक शब्द बोल्न चाहिनन् । यसअघि बच्चन परिवारको बुहारीसँग मनमुटाव भएको खबर बाहिर आएको थियो ।

सार्वजनिक तस्विरहरूमा जया र अमिताभसँग ऐश्वर्या देखिएका थिएनन् । तर, अमिताभसँग छोरा अभिषेक, छोरी श्वेता र पत्नी जया साथमा थिए । ऐश्वर्यासँग बच्चन परिवारसँगको सम्बन्ध तोड्न चाहेको पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

हालै अभिषेकका बाबु अमिताभले आफ्नी छोरी श्वेतालाई पारिवारिक सम्पत्तिका रूपमा रहेको एउटा बंगला (घर) दाइजो दिएका थिए । छोरीलाई बंगला दिएपछि बुहारी रिसाएको अनुमान गरिएको छ ।

साथै, केही समयदेखि ऐश्वर्या घरमा नबसेर माइतीमा बस्दै आएकी छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट