१४ किलो सुनसहित दुई जना पक्राउ-Sutra News

१४ किलो सुनसहित दुई जना पक्राउ

शुक्रबार, २२ मंसिर २०८०

शुक्रबार, २२ मंसिर २०८०

काठमाडौं । त्रिभुवन अन्तार्राष्टिय विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेका छन् । भन्सार कार्यालयका अनुसार बिहीबार राति ११ः४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेलाई कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुनसहित पक्राउ गरिएको थियो ।

उनले सुन गोरखाका मीनबहादुरको रहेको बताएका थिए । मीनबहादुरलाई पनि विमानस्थलबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई थुनामा राख्न प्रहरी प्रभाग कोटेश्वर पठाइएको छ । कार्यालय खुलेपछि उनीहरूलाई विमानस्थल भन्सार कार्यालय गौचरमा उपस्थित गराएर थप अनुसन्धान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट