नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएर निस्किए टोपबहादुरका छोरासहित ६ जना-Sutra News

नक्कली शरणार्थी प्रकरण : धरौटी बुझाएर निस्किए टोपबहादुरका छोरासहित ६ जना

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका ६ जना रिहा भएका छन् । उच्च अदालत पाटनको आदेशअनुसार धरौटी बुझाएका पाँच र साधारण तारेखमा एक जना थुनामुक्त भएका हुन् ।



उच्च अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँणका पूर्व निजीसचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मिया, पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, सहकारी सञ्चालक हरिभक्त महर्जन र बिचौलियाको भूमिका निर्वाह गरेका अभियुक्त रामशरण केसी सम्पत्ति सुद्धिकरण विभागबाट समेत धरौटीमा रिहा भएका हुन् ।

उनीहरूलाई सम्पत्ति शुद्धिकरण विभागले अदालतको भन्दा आधा कम धरौटीमा रिहा गरेको हो । रामशरणलाई सम्पत्ति शुद्धिकरण विभागले पाँच लाख धरौटीमा रिहा गरेको छ ।

उच्च अदालतले नरेन्द्र केसीलाई १० लाख, हरिभक्त महर्जन र रामशरण केसीलाई १५-१५ लाख, मियाँलाई १० लाख, रायमाझीलाई ३० लाख रुपैयाँ धरौटी जिल्ला अदालतमा जम्मा गरेपछि सम्पत्ति सुद्धिकरण विभाग हरिहर भवनमा बुझाइएको थियो ।

विभागले त्यहाँ धरौटी बुझाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो । अख्तियारले पनि खोजेको बखत उपस्थित हुने गरी रिहा गरेको हो ।

उच्च अदालतले अरु चार जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । यसअघि जिल्ला अदालतले धरौटीमा रिहा गरेका लक्ष्मी महर्जन, टंक गुरुङ, केशव तुलाधर र थुनामा रहेका आषिश बुढाथोकीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट