एनसेल प्रकरण : पूर्वमहालेखापरीक्षक टंकमणि शर्माकाे नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन-Sutra News

एनसेल प्रकरण : पूर्वमहालेखापरीक्षक टंकमणि शर्माकाे नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन

बिहिबार, २१ मंसिर २०८०

बिहिबार, २१ मंसिर २०८०

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद-बिक्रीका सम्बन्धमा छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।



बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।

शर्मा नेतृत्वकाे समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् ।

सरकारले समितिलाई ३० दिनको कार्यावधि दिएकाे छ ।

यसअघि बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठकले एनसेल प्रकरण गहिरो गरी छानबिन गर्न समिति गठन गर्न सरकारलाई सुझाव दिएको थियो।

प्रतिनिधिसभाअन्तर्गतकाे सार्वजनिक लेखा समितिले पनि एनसेलकाे शेयर खरिद-बिक्रिमा कानुन मिचिएकाे निष्कर्ष निकालेकाे थियाे ।

गत शुक्रबार मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको बताएको थियो। सन् २०१६ मा स्वीडेनको टेलिया सोनेरासँग एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रूपैयाँमा किनेको शेयर निकै कम मूल्य पाँच करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) मा ब्रिकि गरेकाे बताएकाे थियाे ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

एनसेल शेयर खरिद–बिक्री प्रकरण : तीन बैंकको ४० अर्ब जोखिममा !

आजियाटा प्रवेशकाे झण्डै आठ वर्ष : चार खर्ब आम्दानी, ६६ अर्ब गयो मलेसिया

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट