विराटनगरको कवाडी गोदाममा आगलागी एक जनाको मृत्यु, चार घाइते-Sutra News

विराटनगरको कवाडी गोदाममा आगलागी एक जनाको मृत्यु, चार घाइते

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । विराटनगरको एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।



विराटनगर महानगरपालिका ७ सात घुम्तीको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् ।

आगलागीमा पाँच जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।

घाइतेमध्ये अजिता सरदार, सुशीला पासवान, पिंकी कामतको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट