गृहमन्त्रीलाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड-Sutra News

गृहमन्त्रीलाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार, २० मंसिर २०८०

बुधबार, २० मंसिर २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।



बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र पुगेर प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको उपचारमा संलग्न चिकित्सकहरूलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार प्रधानमन्त्रीले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरूलाई आग्रह गरेका थिए । नियमित स्वास्थ्य परीक्षणका क्रममा मन्त्री श्रेष्ठ मङ्गलबार अस्पताल भर्ना भएका हुन् ।

उनलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार गरिरहेको तथा उनको स्वास्थ्यस्थिति सामान्य रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट