९ वर्षीय बालकलाई जवाफ दिँदै केपी ओलीले भने : चिल्ला सडकहरूले बाबुको सपना पूरा गर्छ-Sutra News

९ वर्षीय बालकलाई जवाफ दिँदै केपी ओलीले भने : चिल्ला सडकहरूले बाबुको सपना पूरा गर्छ

मंगलबार, १९ मंसिर २०८०

मंगलबार, १९ मंसिर २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ९ वर्षीय बालक किशोर पौडेलले देशमै बस्ने वातावरण बनाइदिन आग्रह गर्दै चिठ्ठी लेखेका छन् ।



मध्यपहाडी राजमार्गमा समृद्धिको संकल्प यात्रामा रहेका अध्यक्ष ओलीलाई लेखिएको पत्रमा भनिएको छ, ‘सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यू, म र मजस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पेट पाल्नको लागि विदेश जानै पर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछु ।’

बालकले दिएको पत्रमा अध्यक्ष ओलीले जवाफ दिएका छन् । उनले बन्दै गरेका चिल्ला सडकहरूले बाबुको सपना पूरा गर्न सहयोग गर्ने बताए । सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्, यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यस क्रममा अध्यक्ष ओलीले आफूहरूले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट