एनसेलको शेयर खरिद–बिक्री प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो जवाफ-Sutra News

एनसेलको शेयर खरिद–बिक्री प्रकरण : सार्वजनिक लेखा समितिले माग्यो जवाफ

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । सरकारी निकायलाई समेत छल्दै गरिएको एनसेलको शेयर खरिद–बिक्रीप्रति संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । आइतबार बसेको समितिको बैठकले सरोकारवाला निकायलाई यसबारे जानकारी दिन माग गरेको छ । समितिले सबैजसो सरोकारवाला निकायलाई पत्राचार गरेको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।



“एनसेलको शेयर खरिद–बिक्रीको विवरण सार्वजनिक भएको छ, यो खरिद–बिक्री प्रक्रिया र विधिसम्मत हो कि होइन ? यसबाट राजस्व र करमा के–कस्तो असर हुन्छ भनेर सोधेका छौं”, पोखरेलले भनेका छन् ।

समितिले नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरेको छ। कम्पनीसँग जोडिने अन्य निकायलाई पनि पत्राचार गरेको समितिले जनाएको छ ।

बुधबार रहस्यमय शैलीमा मलेसियन जायन्ट आजियाटा कम्पनीले आफ्नो स्वामित्वको शेयर बिक्री गर्दै एनसेलबाट बाहिरिएको थियो । आजियाटाले बेलायतमा दुई महिनाअघि मात्रै दर्ता भएको स्पेक्ट्रलाइट युके लिमिटेडलाई शेयर बिक्री गरेको छ ।

आजियाटाले शेयर बिक्री गर्दा एकातिर दुरसञ्चार प्राधिकरणलाई जानकारी गराएको थिएन भने अर्कोतिर लाभकर नबुझाउनकै निम्ति ९६ प्रतिशतभन्दा बढी भ्यालुएसन घटाएको थियो । सन् २०१६ मा स्वीडेनको टेलिया सोनेरासँग एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा किनेको शेयर सात वर्षपछि आजियाटाले निकै नगन्य मूल्य पाँच करोड अमेरिकी डलर अर्थात् छ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेको थियो ।

रहस्यपूर्ण ढंगले गरिएको खरिद–बिक्रीमाथि आममा प्रश्न उठेको छ ।

सम्बन्धित समाचार

एनसेलको नाममा अर्को अरबाैंकाे ‘ठगी’ : ‘नक्कली’ कम्पनी खडा गर्दै बेचियो शेयर

कानुन छल्दै गरिएको शेयर खरिद–बिक्री : के हुन्छ एनसेलमाथि कारबाही ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट