देशभर पाँच जना मृत अवस्थामा फेला-Sutra News

देशभर पाँच जना मृत अवस्थामा फेला

आइतबार, १७ मंसिर २०८०

आइतबार, १७ मंसिर २०८०

काठमाडौं । भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका–९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका–२ घर भएका ४१ वर्षीय निमा लामा मृत अवस्थामा फेला परेका छन् ।



उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी, दाङ जिल्ला घोराही उपमहानगर–१७ स्थित सिस्ने खोलामा सोही उपमहानगर–१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आजै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

कञ्चनपुर जिल्ला बेल्डाँडी गाउँपालिका–१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुर जिल्ला ललितपुर महानगपालिका–२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिर पट्टीको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

झापा जिल्ला गौरादह नगरपालिका–४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका–४ र गौरदह नगरपालिका–६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट