गरिब परिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो कर्मचारी-Sutra News

गरिब परिवार पहिचान गर्न काठमाडौं महानगरले माग्यो कर्मचारी

शनिबार, १६ मंसिर २०८०

शनिबार, १६ मंसिर २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा २३० जना कर्मचारी माग गरेको छ । महानगरले गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ सुपरिवेक्षक र २०९ जना गणक माग गरेको हो ।



महानगरले जारी गरेको सूचनाअनुसार सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ तलब दिइने छ । अनलाइन प्रतिवेदनका लागि इन्टरनेटका लागि मासिक २ हजार रुपैयाँ महानगरले दिने छ । सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नु पर्ने छ ।

इच्छुक व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् । दरखास्त दिँदैमा शुल्क नलाग्ने महानगरले जनाएको छ । छनोट गर्दा काठमाडौं महानगरका बासिन्दाले प्राथमिकता पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट