न्यायाधीशहरुबीच मत बाझिएपछि छुटेनन् बालकृष्ण खाँण-Sutra News

न्यायाधीशहरुबीच मत बाझिएपछि छुटेनन् बालकृष्ण खाँण

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालृकष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको मत बाझिएको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरु प्रकाश खरेल र जनक पाण्डेबीच मत बाझिएको हो ।



दुई न्यायाधीशबीच मत बाझिएपछि इजलासले कुनै निर्णय गर्न सकेन । अर्को अर्को इजलासले खाँणबारे निर्णय लिनेछ ।

इजलासमा न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने राय राखेका थिए भने न्यायाधीश प्रकाश खरेलले थुनामै पठाउनुपर्ने राय राखेका थिए ।

खाँणको सन्दर्भमा अर्को निर्णय कसले गर्छ स्पष्ट छैन । तेस्रो न्यायाधीश को हुने भन्ने तय गोलाप्रथाबाट तोकिनेछ ।

पाण्डे र खरेलको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मियाँ, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीलाई भने थुनामै राख्न आदेश दिएको छ। पूर्वसचिव टेकनारायण पाण्डे, सानु भण्डारी, केशव दुलाललाई पनि थुनामै राख्न उच्च अदालत पाटनले आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट