टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश-Sutra News

टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश

शुक्रबार, १५ मंसिर २०८०

शुक्रबार, १५ मंसिर २०८०

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख नगद धरौटीमा छोड्न आदेश दिएको छ ।



न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले रायमाझीले कसुर गरेको पुष्टि हुन नसकेकाले पछि ठहरबमोजिम हुने गरी अहिले पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने आदेश गरेको हो ।

अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले केसीसँग १० लाख धराैटी माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट