सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प-Sutra News

सिन्धुपाल्चोकपछि भक्तपुर केन्द्रबिन्दु भएर फेरि अर्को भूकम्प

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।



मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

आजै सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर पनि भूकम्प गएको थियो । ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेको बेला मंसिर ७ मा मकवानपुर केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । मंगलबार गएका नयाँ भूकम्प मध्यक्षेत्रका नयाँ भूकम्प हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट