गर्भमै शिशु मृत भेटिएपछि महिलाको उद्धार-Sutra News

गर्भमै शिशु मृत भेटिएपछि महिलाको उद्धार

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट एक गर्भवती महिलाको उद्धार गरिएको छ ।



जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाकी ३५ वर्षीया रिना सार्कीलाई नेपाली सेनाको हेलिकप्टरको सहयोगले उद्धार गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका मेडिकल अधिकृत प्रदीप श्रीवालले जानकारी दिए ।

गर्भवती महिलाको गर्भमै शिशु मृत भेटिएपछि आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।

गर्भवती सार्कीलाई मङ्गलबार दिउँसो थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौं पठाइएको अस्पताल मेडिकल अधिकृत श्रीवालले बताए ।

गर्भवती सार्कीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । गर्भवती सार्कीको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धार काठमाडौं पठाइएको हो ।

गर्भवती सार्कीको अत्यधिक रक्तश्राव र उच्च रक्तचापसमेत देखिएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट