गृहमन्त्रीलाई भेट्न पुगे सबै प्रदेशका गृहमन्त्रीहरू-Sutra News

गृहमन्त्रीलाई भेट्न पुगे सबै प्रदेशका गृहमन्त्रीहरू

मंगलबार, १२ मंसिर २०८०

मंगलबार, १२ मंसिर २०८०

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै सबै प्रदेशका गृहमन्त्रीहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।



मंगलबार दिउँसो सातै प्रदेशका गृहमन्त्री सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग भेट गरी ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा प्रहरी समायोजनसहित प्रदेशको शान्ति सुरक्षाबारे उल्लेख गरिएको छ । मुलुकमा प्रदेश सरकारहरू बनेको ६ वर्ष भइसक्दा प्रदेशको आफ्नै प्रहरी नहुँदा कार्य सम्पादनमा असर परेको भन्दै प्रदेशका गृहमन्त्रीहरू सङ्घीय सरकारसँग असन्तुष्ट रहँदै आएका छन् ।

प्रहरी ऐन बनाइसके पनि सङ्घीय सरकारले सङ्घीय प्रहरी ऐन नबनाएकाले प्रदेशले बनाएका कानुन लागू हुन नसकेको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट