विवादास्पद आचार्य श्रीनिवाससहित दर्जन पक्राउ-Sutra News

विवादास्पद आचार्य श्रीनिवाससहित दर्जन पक्राउ

सोमबार, ११ मंसिर २०८०

सोमबार, ११ मंसिर २०८०

काठमाडौं । दुर्गा प्रसाइँ नेतृत्वको समूह र प्रहरीबीच काठमाडौंको गौशालामा झडप भएको छ । प्रहरीले प्रसाइँ समूहका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अश्रूग्याँस प्रहार गरेको छ ।



काठमाडौं प्रहरीले जनाएअनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रूग्यास प्रहार गरेको थियो ।

प्रसाइँ नेतृत्वको प्रदर्शनमा विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासको समूह पनि उपस्थिति थियो । आचार्य श्रीनिवास समूहले त्रिशुलसहित प्रदर्शन गरेको थियो ।

गौशालाको मूल सडक नै कब्जा आक्रामक प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीसहित दर्जन जतिलाई पक्राउ गरेको छ ।

उग्र बन्न खोजेको प्रदर्शनलाई नियन्त्रणमा लिन खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । जसपश्चात प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रहरीले बल प्रयोग गरेसँगै गौशालाको अवस्था अहिले करिब शान्त छ । प्रदर्शनकारी तितरबितर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट