एकै स्थानमा फेला परेका महिला र पुरुषको शव सनाखत हुन सकेन-Sutra News

एकै स्थानमा फेला परेका महिला र पुरुषको शव सनाखत हुन सकेन

आइतबार, १० मंसिर २०८०

आइतबार, १० मंसिर २०८०

चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शव पहिचान हुन सकेको छैन ।



गत मंसिर ६ गते बुधबार १२ बजे मिलनचोकस्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्डको कल्भटमुनि शंकास्पद रुपमा महिला र पुरुषको शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार नेपालका सबै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लामा समेत हुलिया परिपत्र गर्दा मृतकको सनाखत हुन नसकेको हो ।

सनाखत हुन नसकेका शव कल्भटमुनि दुई वटा बोरामा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो । शव पोस्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट