काठमाडौंमा भूकम्पको कडा धक्का-Sutra News

काठमाडौंमा भूकम्पको कडा धक्का

बिहिबार, ७ मंसिर २०८०

बिहिबार, ७ मंसिर २०८०

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार मध्यरातमा भूकम्प गएको छ । बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।



मध्यरातमा भूकम्प जाँदा मस्त निद्रामा रहेका मानिसहरु ब्युँझिएका छन् ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पका कारण कहाँ के-कति क्षति भयो त्यसको कुनै विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट