एपीवान टिभीले दुर्गा प्रसाइँसँगको अन्तरवार्ता रोकेपछि…-Sutra News

एपीवान टिभीले दुर्गा प्रसाइँसँगको अन्तरवार्ता रोकेपछि…

बुधबार, ६ मंसिर २०८०

बुधबार, ६ मंसिर २०८०

काठमाडौं । एपिवान टेलिभिजनले नियमित प्रसारण भइरहेको भुषण दाहालको कार्यक्रम ‘दी ब्राभो डेल्टा शो’को एपीसोड रोकिदिएको छ । बुधबार प्रसारण हुने एपिसोड अन्तिम समयमा टेलिभिजनले प्रसारण नहुने जानकारी दाहाललाई गराएको थियो ।



मेडिकल व्यवसायी दुर्गा प्रसाइँसँगको संवादमा केन्द्रीत कार्यक्रमलाई रोकिदिएपछि दाहालले यूट्युब च्यानल हाम्रो कथामार्फत प्रसारण गरेका छन् । अनौठो विषय, प्रसाइँसँगको संवाद भएको उक्त कार्यक्रम अहिलेसम्मकै हिट भएको छ ।

यूट्युबमा प्रिमियर शोमै एकसाथ ३० हजारभन्दा बढीले हेरेका थिए । जुन दाहालको हालसम्मै सर्वाधिक दर्शक भएको कार्यक्रम पनि बनेको छ ।

संवादमा प्रसाइँले देशको राजनीतिक तथा आर्थिक अवस्था र विशेषगरी मारवाडी व्यवसायीलक्षित भनाइ राखेका छन् । मंसिर ७ देखि आन्दोलनको घोषणा गरेका प्रसाइँले आन्दोलन गर्नुपर्नाका कारणबारे पनि बोलेका छन् ।

यस्ताे छ कार्यक्रमकाे यूट्यूब भिडियाे

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट