Logo

सोलुखुम्बुमा अज्ञात समूहद्वारा महिलाको हत्या



सोलुखुम्बु- थुलुङ दूधकोशी गाउँपालिकामा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ।
गाउँपालिकाको वडा नं. ७ देउसा तेरादुखोरकी ५२ वर्षीया कुमारी राईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।

गएराति करिब ९ बजे अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी राईको हत्या गरेको प्रहरीले जनाएको छ। वडासदस्य सरिता राईका अनुसार महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको छ। थप अनुसन्धानका लागी तालिमप्राप्त कुकुर झिकाउने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०९:३५


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113