Logo

प्रेमिकाको हत्या गरी आफैंमाथि खुकुरी प्रहार



संखुवासभा । खाँदबारी–१ घिमिरे गाउँमा प्रेमिकाको हत्या गरेका छन् । प्रेमीले आफैमाथि पनि खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।

खाँदबारीमा डेरा गरी बस्दै आएकी युना दर्नाललाई शुक्रबार बिहान सभा पोखरी गाउँपालिका-१ का नन्दराम गदालले हत्या गरेका हुन् ।

सभापोखरी-१ की मृतक दर्नाल खाँदबारीमा डेरामा बस्दै आएकी थिइन् । दर्नालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

घाइते गदालको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । घाइते २१ वर्षीय गदाल बिहीबारमात्र नेपाल प्रहरीको ३ महिने तालिम सकेर खाँदबारी आएको खुलेको छ ।

स्थानीयका अनुसार गएराति मृतक २१ वर्षीया दर्नालको डेरामा दुवैजना सँगै बसेका थिए।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार ०९:३७


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113