चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा-Sutra News

चिनियाँ दूतावासको टोली रास्वपा कार्यालयमा

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

काठमाडौं । नेपालका लागि चिनियाँ दूतावासको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पदाधिकारीसँग भेटवार्ता गरेको छ ।



बिहीबार बसुन्धरास्थित रास्वपाको कार्यालयमा पुगेको चिनियाँ दूतावासका डिसिएम वाङ शिन नेतृत्वको टोलीले रास्वपाका पदाधिकारीसँग भेटवार्ता गरेको हो ।

सो भेटमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल लगायतको सहभागिता थियो ।

भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट