Logo

सुनको मूल्य तोलामा एक हजारले घट्यो



काठमाडौं- स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ३०० रुपैयाँमा करोबार भएको छ ।

यस दिन चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सुन

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहीबार ११:४३


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113