Logo

महिला भलिबल : भारतसँग नेपाल पराजित



एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो ।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १९:५८


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113