Logo

आज पनि बढ्यो शेयर : बुलिस्टको लय समातेकै हो ?



काठमाडौं । गत बिहीबारदेखि हरियाली छाएको शेयर बजारमाले आज पनि निरन्तरता पाएको छ । आज १६.४९ अंकले बढेर १९५९.१२ को बिन्दुमा पुगेको छ ।

आज एक अर्ब ८७ करोड ३० लाखभन्दा बढीको कारोबार भएको छ । २७० कम्पनीको ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर ३४ हजार ८४१ पटक किनबेच हुँदा उक्त कारोबार भएको हो ।

आज कारोबारका आधारमा १४ करोडभन्दा बढीको कारोबारसहित शिवम् सिमेन्ट सबैभन्दा अगाडि रह्यो । युनिलिभर नेपाल र आत्मनिर्भर लघुवित्तको शेयर सर्किट लेभलमा बढ्दा सानिमा इक्वुटीले ३.७७ र अजोड इन्स्युरेन्सका लगानीकर्ताले ३.६३ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १५:१०


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113