Logo

फर्मा क्लब वीरगञ्जको अध्यक्षमा निरजकुमार निर्वाचित, उपाध्यक्षमा रमण निर्विरोध



काठमाडौँ- फर्मा क्लब वीरगञ्जको अध्यक्षमा निरजकुमार गिरि निर्वाचित भएका छन्। वीरगञ्जको श्रीपुरस्थित धर्मशालामा शनिबार सम्पन्न निर्वाचनबाट गिरिको नेतृत्वमा  नयाँ कार्यसमिति निर्वाचित भएको हो।

जम्मा २४७ मतदाता रहेकोमा २०२ मत खसेको फर्मा क्लब वीरगञ्ज शाखाको निर्वाचनमा मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदा गिरि १३७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । गिरिले १३७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी बलराम साहले जम्मा ५६ मत ल्याए ।

त्यसैगरी उपाध्यक्षमा रमण भुडेर यादव, सचिवमा आफ्ताब अन्सारी र सह-सचिवमा प्रियंका झा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा १२४ मत ल्याउँदै बृज किशोर यादव निर्वाचित भए भने सह-कोषाध्यक्षमा सदिक्षा विष्ट निर्विरोध निर्वाचित भइन् ।

सदस्यका पदमा चन्दन चौरसिया, लालबाबु प्रसाद कुशवाहा, दिपेशप्रसाद यादव, सुरज साह कानु, निरञ्‍जन चौरसिया, दीपककुमार गुप्ता, चन्दनकुमार शर्मा, अमरकुमार गुप्ता, मुकेश कुर्मी, नविनकुमार गुप्ता, सञ्जीव यादव, ओमप्रकाश शर्मा, गणेश यादव, सहजाद आलम र प्रियमबाडा पाण्डे निर्वाचित भएका छन् ।

फर्मा क्लब

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १०:०६


सर्वाधिक धेरै पढिएको

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4568271 / 01-4585113 ( 9851060256 / 9808198668 )
Email : [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4568271 / 01 - 4585113